कोरोना भाइरस फैलन नदिन चीनले थप सतर्कता अपनाएको छ । चीनले पछिल्लोपटक भने देशका अन्य भागबाट बेइजिङ फर्किएकाहरू १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने अनिवार्य नियम लागू गरेको छ ।


ADVERTISEMENT


चीनको बेइजिङ भाइरस प्रिभेन्सन वर्किङ ग्रुपले एक सूचना जारी गर्दै नयाँ वर्ष मनाएर फर्किएकाहरूमा संक्रमण हुनसक्ने भएकाले यस्तो कदम चालिएको जनाएको छ ।
यो निर्णयसँगै अब बिदा मनाएर फर्किएकाहरू सेल्फ क्वारेन्टाइन वा त्यसका लागि तोकिएका स्थानहरूमा १४ दिनसम्म बस्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


चिनियाँबीच घुमफिर गरेर नयाँ वर्ष मनाउने संस्कृति छ । कोरानो भाइरस फैलिएपछि चीनले घुमफिरमा नजान र यसविरुद्धका अभियानमा सरिक भइदिन आग्रह गरेको थियो । यद्यपि, यस्तो आग्रहपछि पनि बेइजिङबाट मानिसहरू घुम्न निस्किएका थिए ।