सिन्धुली । ३ नं. प्रदेश बागमती प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा सञ्चालित १८ कार्य दिन अवधिको भिड नियन्त्रण (प्र.नि.,जु.प्र.अ.,प्र.ह.रप्र.ज.) तालिम ६५ औं समूहको समापन कार्यक्रममा बोल्दै समादेशक प्र.व.उ. सन्दिप भण्डारीले भने समाजमा कुनै


ADVERTISEMENT


सभा, जुलुस वा भिडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिई शान्ति भंग गरेमा वा हुलदंगा वा अशान्ती भएमा कानून अनुसार शान्ति सुरक्षा तथा अमनचयन कायम गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुको लागि आवश्यक पर्ने ज्ञान, सीप,कौशल र व्यवहारिक क्षमता अभिवृद्धि गरी समय सापेक्ष र परिस्थिति अनुसार कार्य सम्पादन गर्न सक्ने बनाउन प्रहरी कर्मचारीहरुलाई यो तालिम गराइएको र जनताको शान्ति सुरक्षा नेपाल प्रहरी अब्बल पनि बताए ।


ADVERTISEMENT

# # #


उक्त तालिम समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले तालिम सम्बन्धी प्रतिवेदन पेश गरेका थिए भने प्रशिक्षार्थीहरुको तर्फबाट प्र.ह. गणेश थपलियाले विगतको तालिम केन्द्रको अवस्था र हालको तालिम केन्द्रको अवस्था तथा तालिमको गुणस्तरीयताको तुलना गर्दै वर्तमान अवस्थाको तालिम केन्द्रमा धेरै सकारात्मक परिवर्तन देखेको उल्लेख गर्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिबद्वता व्यक्त गर्दै उत्कृष्ट तरिकाले तालिम संचालन भएकोमा यस केन्द्र र प्रशिक्षक वर्गलाई धन्यवाद दिएका थिए।

तालिममा २ नं. प्रदेश तथा  बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी इकाईहरुबाट प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ४४ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरु समावेश भई तालिम सम्पन्न गरेका थिए ।