काठमाडौं । नेपाल भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण प्रारम्भिक रेखांकनका लागि भारतीय टोलीले फिल्ड अध्ययन थालेको छ ।


ADVERTISEMENT


भारतीय आयल निगम(आईओसी)का अधिकारीहरुले सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईनको दूरी छोट्याउने गरी स्थलगत रेखाकंन थालेको नेपाल आयल निगमका चारआली कार्यालय प्रमुख बिपिन श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


‘नेपाल र भारततर्फको फिल्ड हेर्नेगरी आईओसीका अधिकारीले प्रारम्भिक रेखाकंनको काम थालेका छन्, नेपाल तर्फबाट म सहभागी छु,’ श्रेष्ठले भने ।

माघ २९ गते झापा अईपुगेको भारतीय टोलीले नेपालतर्फको प्रारम्भिक रेखांकन सेकर सिलुगुडी र पानी ट्याकींतर्फ अध्ययन गरिरहेको उनले बताए ।

‘आईओसीको सिलुगडी डिपोदेखि झापाको चारआलीसम्म पाइपलाईनको दूरी ४५ किलोमिटर हुने भनीए पनि त्यो अझै छोटिने देखियो,’ श्रेष्ठले सुनाए ।

आईओसीको डिपो अझै नेपालतर्फ सर्ने र अरु छोटो बाटोको बारेमा पनि अध्ययन भएकाले ३० देखि बढीमा ३५ किलोमिटर मै पाईपलाईन योजना पुरा हुने उनले बताए ।

गत पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालले सिलिगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरेको थियो ।

नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनको सम्भाव्यता मूल्यांकन गर्ने सहमतिअनुसार भारतीय पक्ष फिल्डमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सहसचिव ध्रुब घिमिरेले बताए ।