कालीगण्डकी नदीले बगाएका नौ वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।


ADVERTISEMENT


पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई शनिबार दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।


ADVERTISEMENT

# # #


कालीगण्डकी नदीले बगाएर झण्डै सय मिटर तल पुर्‍याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ ।

घाइते शिशिरको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।