काठमाडौँ– व्यवस्थापिका संसद अन्र्तगतको अर्थ समितिले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति ब्यक्ति ५ लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई दिर्नेशन दिएको छ ।


ADVERTISEMENT


समितिले प्राकृतिक प्रकोप न्युनिकरणका लागि आवश्यक रणनीति तय गरी तत्काल कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरवारमा आज बसेको समिति बैठकले मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन र प्रभावित क्षेत्रमा राहतको उचित व्यवस्था मिलाउन सरकारलाई निर्देश गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले यसअघि मृतकका परिवारलाई प्रतिब्यक्ति २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । बाढी पहिरो प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि उचित व्यवस्थापन गर्न अर्थ मन्त्रलयलाई निर्देशन दिएको छ । बैठकले प्रभावित क्षेत्रका वृद्धवृद्धा, बालबालिका, अशक्त, अपाङ्ग, सुत्केरी तथा गर्भवतीका लागि छुट्टै राहात सहयोगको व्यवस्था गर्न सरकारलाई भनेको छ ।

प्रभावित क्षेत्रमा बिरामी परेको व्यक्तिका लागि निस्शुल्क स्वास्थ्य उपचार र महामारी नियन्त्रणका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको समिति सभापति प्रकाश ज्वालाले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा खाद्यन्न, लत्ता कपडा, स्वच्छ खानेपानी लगायतको उचित ब्यवस्थापनका लागि तत्काल काम अघि बढाउन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिईएको समितिद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

नेपालमा वर्षेनी प्राकृतिक प्रकोपबाट ठुलो संख्यामा जनधनको क्षति हुने गरेको भन्दै क्षति न्युनीकरणका लागि सुरक्षित बस्ती योजना लागु गर्दै नदी नियन्त्रण र चुरे संरक्षण कार्यक्रमलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।  बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्व तयारी, प्रकोप पश्चात तत्काल उद्धार तथा राहतका लागि सात वटै प्रदेशमा उद्धार केन्द्र स्थापनाका लागि व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।

समितिले बाढी पहिरोका कारण बस्ती, बालीनाली, पशुपंक्षी, सरकारी भवन लगायतमा भएको क्षति एकिन गरी आवश्यक राहत सहयोगको व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।