कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ । अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ हजार पुगेको छ ।


ADVERTISEMENT


नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो ।


ADVERTISEMENT

# # #


भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् । हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पाइएको छ ।

शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको ज्यान गएको छ । फ्रान्समा एक जना चिनियाँ नागरिकको ज्यान गएको हो ।