एजेन्सी – ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बई ईण्डियन्स र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । मार्च २९ मा हुने उद्घाटन खेल वाङखडे स्टेडियममा हुनेछ । आईपीएलमा मे १७ मा समुह चरणको अन्तिम खेल हुनेछ । जसमा रोयल च्यालेन्जर्स बैङलोर र मुम्बई ईण्डियन्स भिड्ने छन् ।


ADVERTISEMENT


नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले मार्च ३० मा आफ्नो पहिलो खेल खेल्नेछ । दिल्लीले घरेलु मैदानमा किङग्स एलाभेन पञ्जावसंग खेल्दै सिजनको सुरुवात गर्नेछ । मे २४ सम्म चल्ने लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


ADVERTISEMENT

# # #