काठमाण्डौ –  सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मलाई १–० ले हराउदै मछिन्द्रले पहिलो पटक ’ए’ डिभिजन लिग फुटबलको उपाधि उचालेको हो ।


ADVERTISEMENT


उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।
मछिन्द्रलाई उपाधि दिलाउन खेलको ३३ औ मिनेटमा पाएको उपहार गोल निर्णायक बन्यो । आर्मीका विकास तामाङले आफ्नै पोष्टमा गोल गरेपछि आर्मी उपविजेतामै सिमित बनेको हो । निककै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएका थप अवसर सदुपयोग गर्न नसक्दा सोहि नतिजा निर्णायक बनेको थियो । खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच घोषित भए ।


ADVERTISEMENT

# # #


१३ खेलबाट ३१ अंक जोड्दै मछिन्द्रले उपाधि हात पारेको हो । जारी लिगमा मछिन्द्रले १० जित, २ बराबरी र १ मात्र हार भोगेको थियो । आर्मीले ९ जित २ बराबरी र २ हारको नतिजा हात पार्यो ।

लिगमा मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस र जावलाखेल युथ क्लब क्रमश तेस्रो देखी छैठौ स्थानमा रहे । यो सिजनको लिगमा सरस्वती युथ क्लब पुछारमा रहदै ’बी’ डिभिजनमा घटुवा भएको छ । लिगमा आर्मीका भरत खवास उत्कृष्ट फरबर्ड घोषित भए । सर्बाधिक गोलकर्ताको अवार्ड भने एपीएफका आसिस लामाले जिते ।

तपाइको प्रतिकृया दिनुहोस ।