एजेन्सी– दिल्ली विधानसभामा शानदार जित हासिल गरेपछि आम आदमी पार्टी (आप) का प्रमुख अरबिन्द केजरीवालले आज तेस्रोपटक मुख्यमन्त्री पदको सपथ लिँदैछन्। सपथ रामलीला मैदानमा हुँदैछ। पहिलोपटक डिसेम्बर २०१३ र दोस्रोपटक फेब्रुअरी २०१५ मा पनि केजरीवालले यही मैदानमा मुख्यमन्त्रीको सपथ लिएका थिए।समारोहमा मन्त्री र विधायक परिवारका साथ सहभागी हुनेछन्।


ADVERTISEMENT


केजरीवालले सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्ता दिएका छन्। यसबाहेक दिल्लीका सांसद, सबै निगम पार्षद, भाजपा र कांग्रेसका प्रदेश अध्यक्ष पनि निम्त्याइएका छन्।


ADVERTISEMENT

# # #


केजरीवालले २०१३ मा कांग्रेसको समर्थनमा ४९ दिनसम्म सरकार चलाएपछि राजीनामा दिएका थिए। त्यसपछि फेब्रुअरी २०१५ मा भएको चुनावमा ७०मध्ये ६७ सिट जितेका थिए । यसपटक आपले ६२ सिट जितेको छ। यसपटक केजरीवाललाई उपराज्यपाल अनिल बैजलले सपथ दिलाउनेछन्।