काठमाडौं – नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशी फागुन १५ मा विवाह विवाह बन्धनमा बाँधिने भएका छन्।


ADVERTISEMENT


शनिबार यी दुवैले सामाजिक सञ्जाल मार्फत विवाह मिति सार्वजनिक गरेका हुन्। उनीहरूले करीब २ वर्षअघि नै इन्गेजमेन्ट गरेका थिए।


ADVERTISEMENT

# # #


एक महिनाअघि प्रियंकाका साथीहरुले थाइल्याण्डमा उनलाई ब्याचलर्स पार्टी दिएका थिए। फिल्ममा अभिनयको क्रममा दुवै ३ वर्षअघि नजिकिएका थिए।

सन् २०१८ को फेब्रुअरी १४ मा दुवैले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। प्रियंकाको यो दोस्रो विवाह हो। अमेरिका बसाइको क्रममा उनको पहिलो विवाह टुटेको थियो।