एजेन्सी– भारतीय टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले बिग बोस १३ संस्करणको उपाधि जितेका छन्। उनले ५० लाख नगद र एक कार जितेका छन्।


ADVERTISEMENT


करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए। जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए।


ADVERTISEMENT

# # #


ग्रान्ड फिनालेमा सबैभन्दा पारस छाबडा बाहिरिएका थिए। उनले १० लाख पुरस्कार लिए। त्यसपछि जनताको मतका आधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए।

अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो। गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको हो।