काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ ।
राजधानीमा जारी क्यान इन्फोटेक मेलाको अवसरमा सुबिसुले उक्त अफर ल्याएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज (२७५ भन्दा बढी च्यानल, ९५ भन्दा बढी एजडी ) मात्र २ हजार ६५४ रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।
जसमा जडान शुल्क देखि ‘डिभाइस एक्टिभेसन’ को शुल्क समेत समावेश रहेको सुबिसुले जनाएको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ ।
६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरुबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।