काठमाडौँ – जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ ।


ADVERTISEMENT


जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै भोलिका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।


ADVERTISEMENT

# # #


महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।