एजेन्सी – डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टर–फाइनलको पहिलो लेगमा पराजित भएको छ । एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सउल नियुएजको सुरुवाती गोल निर्णायक बन्दा लिभरपुल घरेलु टोलीसँग एक–शून्यले स्तब्ध भयो ।


ADVERTISEMENT


निगुएजले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । खेलको अधिकांश समय बलमा पकड जमाए पनि लिभरपुलले गोल भने गर्न सकेन ।


ADVERTISEMENT

# # #


लिभरपुलले खेलमा फर्किने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । मोहम्मद सलाहको प्रहार पोस्टबाट बाहिरियो । जोर्डन हेन्डरसनले पनि पाएको मौका गुमाउन पुगे ।
अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । १९ वर्षे इर्लिङ हाल्याण्डले दुई गोल गर्दा घरेलु मैदानमा डर्टमण्डले पीएसजीलाई दुई–एकले पराजित गर्‍यो ।

पहिलो हाफ गोलरहित बनेको खेलको ६९औँ मिनेटमा हाल्याण्डले रिबाउण्डमा आएको बललाई गोल गरेका थिए । ७५औँ मिनेटमा पीएसजी खेलमा फर्कियो । नेयमारले एमबाप्पेको क्रसलाई गोलमा परिणत गरे ।

त्यसको दुई मिनेट पनि बित्न नपाउँदै हाल्याण्डले फेरि गोल गरे ।