झापा – तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनल खेल आज  हुँदैछ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने फाइनलमा मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


सहिद स्मारक ‘ ए ‘ डिभिजन लिग च्याम्पियन मछिन्द्र सिजनको दोस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । मछिन्द्र थ्री स्टारलाई हराएर एक सातापछि नै अर्को उपाधि जित्न चाहन्छ । यता, थ्री स्टार भने सिजनको पहिलो उपाधि उचाल्न चाहन्छ ।मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २- ० ले हराएको थियो ।


ADVERTISEMENT

# # #


थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३- १ गोल अन्तरले हराएको थियो । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ । उपविजेताले ३ लाख पाउने छ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०र२० हजार पाउने छन् ।