बैतडी –  बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाईतेहरुलाई डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।


ADVERTISEMENT


आज बिहान २ बजे पाटन नगरपालिका–३ बोहरीगाउँवाट डडेल्धुरा जादैं गरेको से १ ज २१३ नम्बरको को जिप धुरा भन्ने स्थानमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । जिपमा दुईजना मात्रै सवार थिए । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।


ADVERTISEMENT

# # #