निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन् ।


ADVERTISEMENT


दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उनले भने, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।”


ADVERTISEMENT

# # #


उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए ।

“नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उनले भने, “त्यसकालागि म सधै लडिरहनेछु ।” उहाँलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।रासस