काठमाडौं । उद्योग बाणिज्य महासंघका एसोसिएट तर्फका उपाध्यक्ष चन्द्र ढकालले आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका लागि आज उमेद्वारी घोषणा गर्दैछन् । अर्को निर्वाचनमा स्वत अध्यक्ष बन्ने बरिष्ठ उपाध्यक्ष पदमा ढकालको उमेद्वारी आउने बिषयले महासंघमा रौनक छाएको छ ।


ADVERTISEMENT


ढकाललाई महासंघको आगामी नेतृत्वका रुपमा प्रस्तुत गर्न करिब ७० वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्ष, करिब ६० बस्तुगत संघका अध्यक्ष, ६० प्रतिशत भन्दा बढी केन्द्रिय सदस्यहरु, ६० प्रतिशत भन्दा बढी एसोसिएट सदस्य र एसोसिएटलाई प्रतिनिधित्व गर्ने कर्पोरेट हाउसहरुको उपस्थितिमा बुधबार दिउँसो होटल याक एण्ड यतीमा उमेद्वारी घोषणाको तयारी भएको हिमालय पोष्टलाई जानकारी प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #


महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, बर्तमान अध्यक्ष भवानी राणा लगायतको सहयोग ढकाललाई रहेको बताईएको छ ।

मंगलबार पूर्वअध्यक्ष, बर्तमान अध्यक्ष तथा उपाध्यक्षहरु लगायत ५ पदेशका अध्यक्षहरु, २५ जिल्ला नगर बाणिज्य संघका अध्यक्षहरु तथा व्यवशायीहरु समेतको उपस्थितीमा राजधानीको एक होटलमा ढकाललाई अघि बढाउँदै जित सुनिश्चित बनाउने बिषयमा रणनीति तय गरिएको सूचना प्राप्त भएको छ ।

महासंघको जिल्ला नगर तथा व्यवशायीहरुको हक हितका लागि चिन्तित रहने व्यक्तिका रुपमा ढकाल परिचित छन् । सामान्य अवस्थाबाट व्यवशायिक क्षेत्रमा प्रबेश गरेका ढकाल बर्तमान समयमा देशका सर्बाधिक सफल व्यवशायिका रुपमा चिनिन्छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष रहेका ढकाल चन्द्रागिरी हिल्सका सञ्चालक लगायत दर्जनौं व्यवशायिक तथा बित्तीय क्षेत्रका नेतृत्वकर्ता हुन् ।

नीजि क्षेत्रका समस्याहरु बुझेको, राजनीतिक पार्टी र सरकारसंग सुमधुर सम्बन्ध रहेको तथा व्यवशायीहरु बीच आत्मिय सम्बन्ध कायम राख्ने व्यक्तिका रुपमा परिचित ढकालको उमेद्वारीले उनको जितको पल्ला भारी बनाएको महासंघमा चर्चा छ ।

६० बर्षे ईतिहाँस बोकेको महासंघको १ सय १३ वटा जिल्ला नगर उद्योग बाणिज्य संघहरु, १ सय ४ वटा बस्तुगत संघहरु रहेका छन् । १८ वटा दुई राष्ट्रहरु छन् । करिब १ हजार व्यापारिक कम्पनीहरु जेडिएका छन् । प्रादेशिक संरचना समेत रहेको छ । राज्य संयन्त्र देखि बाहेक दोश्रो ठूलो देशव्यापी संरचना रहेको महासंघको नेतृत्व चयनको बिषयले ठूलो महत्व र चर्चा पाउने गरेको छ ।

राजनीतिक स्थायित्व बनाउँदै विकास र समृद्धि तर्फ देश अघि बढिरहँदा उद्योग बाणिज्य महासंघको भावी नेतृत्व को बन्ने भन्ने बिषयले राष्ट्रिय महत्व बोक्ने गर्छ । बरिष्ठ उपाध्यक्षमा ढकालको उमेद्वारीले देशको नीजिमा उत्साह तरंगित बनाएको व्यवशायिहरु बताउँछन् ।

महासंघको निर्वाचन आगामी चैत २८ र २९ गते हुँदैछ ।