एजेन्सी- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब चेल्सी पराजित भएको छ ।स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सी जर्मन क्लब बायर्न म्युनिकसँग तीन–शून्य गोल अन्तरले पराजित भयो । यो पराजयसँगै चेल्सीको क्वार्टर फाइनल पुग्ने सम्भावना अत्यन्त न्यून बनेको छ ।


ADVERTISEMENT


बायर्नको जितमा सेर्जी ग्नाब्रीले दुई गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ५१ औँ र ५४ औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई दुई गोलको अग्रता दिलाएका थिए । यो दुवै गोलमा रोबर्ट लेवान्दोस्कीले एसिस्ट गरेका थिए ।


ADVERTISEMENT

# # #


खेलको ७६औँ मिनेटमा लेवान्दोस्कीले पनि गोल गरे । खेल समयभरि दबाबमा परेको चेल्सीका मार्कोस अलोन्सो ८३औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी झन् दबाबमा परेको थियो ।