एजेन्सी — युरोपेली च्याम्पिन्स लिग अन्तिम १६ को पहिलो लेगमा लियोनले युभेन्टसमाथि १–० को आश्‍चर्यजनक जित निकालेको छ ।लियोनका लागि मिडफिल्डर लुकास टोसार्ट ३१ औं मिनेटमा खेलको एक मात्र गोल गरे ।


ADVERTISEMENT


क्रिस्टियानो रोनाल्डोले बुधबार राति युभेन्टसका लागि कुनै गोल गर्न सकेनन्। दोस्रो लेगको खल मार्च १७ मा टुरिनमा हुनेछ र त्यसमा लियोनले एक गोलको अग्रतालाई कायम राख्ने प्रयास गर्नेछ ।


ADVERTISEMENT

# # #


युभेन्टसका डिफेन्डर म्याथिस डे लिग्टले उपचार गरिरहेको बेला लियोनको गोल सम्भव भएको थियो । तर यो पहिलो हाफमा लियोनको उच्च प्रदर्शनको कारणले पनि सम्भव भएको थियो । त्यसपछि युभेन्टसले लगातार दबाब सिर्जना गरे पनि लियोनले त्यसलाई रोक्न सफल रह्यो ।