एजेन्सी – आर्सनल युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो लेगमा दुई–एक गोल अन्तरले पराजित भएसँगै आर्सनलको युरोपा लिगको यात्रा अन्त्य भएको हो ।


ADVERTISEMENT


आर्सनल घरेलु मैदान इमिरेट्समा ओलम्पियाकोससँग पराजित हुन पुग्यो । अतिरिक्त समयमा आर्सनल गोल खान पुगेको थियो । पहिलो लेगमा एक–शून्यले विजयी भएको आर्सनल दोस्रो लेगमा दुई–एक गोल अन्तरले पराजित भएपछि समग्रमा नतिजा दुई–दुई गोलको बराबरीमा टुङ्गियो । तर गोल अन्तरका आधारमा पछि पर्दै आर्सनल प्रतियोगिताबाट बाहिरिँदा ओलम्पियाकोस भने अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।


ADVERTISEMENT

# # #


पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५३ औँ मिनेटमा ओलम्पियाकोसका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो लेगमा आर्सनलले एक–शून्यको जित निकालेको र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाएका थिए । तर फेरि ११९ औँ मिनेटमा एल अरबीले गोल गर्दै ओलम्पियाकोसलाई समग्रमा बराबरी गराए । उनकै गोलका कारण ओलम्पियाकोस प्रिक्र्वाटर फाइनल पुग्यो ।