न्युयोर्क । मञ्चाशन, दीर्घाशन, भाषण्, खादा, पदक बितरण आदिदेखि, अमेरिकी नेपाली समाज दिक्क भएका बेला एउटा छुट्टै महत्वको कार्यक्रमले रौनक ल्याएको छ ।


ADVERTISEMENT


कार्यक्रमको आकर्षण थिए डा. सन्दुक रुईत ।


ADVERTISEMENT

# # #


न्युयोर्कमा भ्वाईस फर युथ समुहका युवाहरुले लोभलाग्दो कर्म र अभियानलाई निरन्तरता दिईरहेका छन् । सोही अभियानमा भेटिए डा. रुईत पनि ।

कार्यक्रममा सुलभ काटाराक्ट सर्जरीको माध्यमबाट विश्वबाटै अन्धोपन हटाउने अभियान अघि बढाईरहेको हिमालयन काटाराक्ट प्रोजेक्टलाई सहयोग गर्न ७१७२ डलर संकलन समेत गरिएको बताईएको छ ।

कार्यक्रममा डा. रुईत युवाहरुको प्रेरणादायी वक्ताका रुपमा प्रस्तुत भएका थिए । सोही अवसरमा युथ समुहका संयोजक छिरिङ्ग लामाले डा. रुईतलाई धन्यबाद दिँदै मानवसेवाको अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरे ।

संयोजक लामाले गिभ व्याक टु कम्युनिटी भन्ने नाराका साथ डा. रुईतको अभियानमा सहयोग गरिएको भन्दै यसमा सबै युवाहरु उत्साही बनेको बताएका छन् ।

अमेरिकी मुलधारको रोजगार बजारसम्म युवाहरुलाई जोड्ने उदेश्यले सञ्चालित युवाहरुको समुह पछिल्लो समय अमेरिकामा चर्चित बनिरहेको छ ।