काठमाडौँ– नयाँ शक्ति र विप्लव माओवादीका सयौ नेता, कार्यकर्ता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


नयाँ शक्तिका पार्टीका प्रभावशाली नेता रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकुमार यादवको नेतृत्वमा प्रदेश २ का दुई सय बढी नेता तथा कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT

# # #


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका धौलागरी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्र केसीको नेतृत्वमा ७० जना भन्दा बढी नेताहरु पनि आजै माओवादी केन्द्रमा प्रवेश गरेका सचिवालयले जनाएको छ ।

राजधानीको तीनकुनेमा रहेको ताज बैंक्वटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गरेकाहरुलाई खादा ओढाएर स्वागत गरे । कार्यक्रम अहिले पनि जारी रहेको सचिवालयले जनाएको छ ।