काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रियाका लागि शुभकामना दिएका छन् ।


ADVERTISEMENT


सोमबार ट्वीट गर्दै मोदीले प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मोदीले ट्वीटमा भनेका छन्, ‘मेरा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दुछु ।’ उनले भगवान पशुपतिनाथले प्रधानमन्त्री ओलीलाई राम्रो स्वास्थ्य, खुसी र दीर्घ जीवन गरुन् भन्दै कामना गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईंमा पुर्याउनका लागि प्रधानमन्त्री ओलीको अनवरत योगदानको आफू प्रतिक्षा गरिरहेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।