एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति ८ बजेर ५६ मिनेट जाँदा एउटा ट्वीट गरे । उनको ट्वीट सामाजिक सञ्जालका लागि कुनै खुराकभन्दा कम थिएन ।


ADVERTISEMENT


मोदीले ट्वीट गर्दै भने, ‘यही आइतबारदेखि फेसबक, ट्विटर, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जाल छोड्ने बारेमा सोचिरहेको छु ।’अहिले प्रधानमन्त्री मोदीको ट्विटर ह्याण्डल @narendramodi लाई पाँच करोड ३३ लाखभन्दा धेरै मानिसहरुले फलो गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


फेसबुकमा मोदीको एकाउन्टलाई चार करोड ४७ लाखभन्दा धेरैले फलो गरिरहेका छन् भने इन्स्टाग्राम मोदीको लोकप्रियता युट्युबमा पनि कम छैन । चार करोड ५१ लाखभन्दा धेरैले उनको युट्युब एकाउन्ट सब्सक्राइब गरेका छन् ।

यद्यपि मोदीले यसको बारेमा कुनै कारण बताएका छैनन् । साथै उनले आफ्नो सामाजिक सञ्जालको खाता हटाउने, निष्क्रिय रहने र टाढा रहने बारेमा बताएका छैनन् ।उनको ट्वीटपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ ।

काङ्ग्रेस नेता तथा पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको ट्वीटमा प्रतिक्रिया दिँदै रिट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘तिरस्कार छोड्नुस् न कि सामाजिक सञ्जाल ।