भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजस्थानका स्वास्थ्य मन्त्री रघु शर्माले जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको बताए ।


ADVERTISEMENT


गएको फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा सङ्क्रमण पुष्टि भएको थिएन तर दोस्रो नमुना परीक्षणमा गएको सोमबार ती नागरिकमा कोरोना सङ्क्रमित भएको पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


शर्माले भने, ‘पहिले र अहिलेको रिपोर्टमा अन्तर छ, यसर्थ नमुना परीक्षणको लागि पुणेमा रहेको राष्ट्रिय विषाणु विज्ञान संस्थान पठाइएको छ ।’

‘इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ । दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ । गएको २९ फेबु्रअरीसम्म जति मानिस उनको सम्पर्कमा आए, ती सबैको पनि जाँच गरिनेछ ।’

सोमबारमात्रै दिल्ली र तेलङ्गनामा पनि कोरोना सङ्क्रमित भेटिएको थियो । भारतमा अहिलेसम्म ६ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । पहिलो पटक कोरोनाको सङ्क्रमण देखिएको केरलाकी एक महिलासहित तीन जना स्वास्थ्य लाभपछि घर फर्किसकेका छन् ।