काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन्। अर्थमन्त्रीस्तरीय निर्णयबाट बुधबार उनी सञ्चालक नियुक्त भएका थिए।


ADVERTISEMENT


त्यसपछि बसेको उक्त बैंक सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। अध्यक्षका लागि उनलाई पद तथा गोपनीयताको सपथ राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले गराएका छन्।


ADVERTISEMENT

# # #


राष्ट्र बैंकको सेवाबाट अवकाश हुनुअघि निरौला मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशकसँगै प्रवक्ता पनि थिए।

उनीसँग राष्ट्र बैंकको बैंक सुपरिवेक्षण र नियमन विभागको अनुभव छ। उनले समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ब्यवस्थापन हेरेका थिए।

अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको ब्यवस्थापन समितिका सदस्य(सचिव पनि भइसकेका हुन्।