काठमाडौ – मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।