नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ओहदाको प्रमाणपत्र बुझाएका छन्।


ADVERTISEMENT


राजदूत क्वात्राले बिहीबार शितलनिवासमा आयोजित एक कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।


ADVERTISEMENT

# # #


क्वात्रालाई गत जनवरीमै भारतले नेपालका लागि राजदूत नियुक्त गरेको थियो । तत्कालीन राजदूत मञ्जिवसिंह पुरीले नियमित अवकाश पाएर फिर्ता भएपछि उक्त ठाउँमा क्वात्रालाई जिम्मेवारी दिइएको हो।

उनले लामो समयदेखि भारतीय विदेश सेवाका लागि काम गरिरहेका थिए। क्वात्राले यसअघि नेपालमा सार्कको निर्देशकका रूपमा पनि काम गरेका थिए।