काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल ‘एक्सन प्लान’ बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठकमा कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै सांसद थापाले कोरोना संक्रमण फैलिए बच्‍नका लागि तयारी गरिराख्नु पर्नेमा जोड दिएका हुन् । कोरोना भाइरसको संक्रमणको परिदृश्य क्षणक्षणमै बद्लिरहेको बताउँदै उनले यो अवस्थासम्म नेपाल कोरोनाको संक्रमणबाट बचेपनि एक्कसी आइपर्न सक्ने खतराबारे सरकारको तयारी के छ भन्दै प्रश्न गरे ।


ADVERTISEMENT

# # #


‘अहिलेसम्म नेपालमा संक्रमण नदेखिएको सुखद अवस्था छ । तर, यो सुखद अवस्था हामीसँग सँधैभरि रहीरहन्छ ?’ थापाले प्रश्न गरे, ‘इरानमा एउटा पनि संक्रमण नभएको अवस्थामा एकाबिहानै कोरोनाका कारण दुईको मृत्यु भएको खबर आयो । इरानको जस्तो भयो भने के गर्ने ? यसतर्फ सरकारले सोचेको खोइ ?’

विश्‍व स्वास्थ्य संगठनले नेपाललाई भू–अवस्थितिले मात्रै जोखिममा नराखेको भन्दै, नेपालसँग भएको क्षमताका आधारमा पनि जोखिममा राखेको बताए । तसर्थ मेहनत गरेमा पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपछि नियन्त्रणमा राख्न सकिने थापाले बताए । उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताए। ‘सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु,’ उनले भने, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए। उनले खालि होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने उनले बताए।

संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसी, नारायण खड्का समर्थन गर्दै छलफलमा भाग लिएका छन्।