काठमाडौँ– नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा जारी महाधिवेशन अन्र्तगत आज बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय तय गरिएको छ ।


ADVERTISEMENT


मतदान सकिएपछि आजै संचारग्राम स्थित महासंघको केन्द्रीय कार्यालयमा मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । महासंघको अध्यक्षका लागि तिर्थ कोइराला, गोविन्द आचार्य, उजीर मगर लगायत ५ जनाले उम्मेद्धवारी दिएका छन् । यस्तै महासचिवमा बालकृष्ण बस्नेत र रमेश बिष्टको उम्मेद्धवारी परेको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष, २ जना उपाध्यक्ष महासचिव, ६ जना सचिव, कोषाध्यक्ष, लेखा समिति सहित बिभिन्न ४७ पदमा निर्वाचन हुन लागेको हो । १ हजार ५ सय भन्दा बढी केन्द्रीय सभासदले मतदान गर्न पाउनेछन् ।

बिभिन्न दल निकट संघ, संस्था प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनको प्रधानमन्त्री शेरवहादुर देउवाले हिजो उद्घाटन गरेका थिए ।