काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन् ।


ADVERTISEMENT


बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई नियुक्त गरेको हो । बर्तमान सीईओ ढकालले अर्को ४ वर्षे कार्यकालका लागि नयाँ जिम्मेवारी पाएका हुन् ।


ADVERTISEMENT

# # #


ढकालले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी अर्को कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

ढकाल विकास बैंकर्स एसोसीएसनका अध्यक्ष समेत हुन् ।