काठमाडौँ – गोदावरी नगरपालिकाले छिट्टै पाँचवटा नगर बस सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कार्यालयबाट पर रहेको स्थान वडा नं– १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न. ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, “बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैठौँ नगरसभाको निर्णयमा रु दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।” नगरपालिकाले पहिलो पटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताए ।

नगरपालिकाले बस खरिद गरी सुविधा पु¥याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले औँल्याए । “बस खरिद गरेर ल्याएपछि कहाँबाट कति भाडा लिने भन्ने कुराको कार्यविधि बनाएर मात्र सञ्चालन गर्छौ”, घिमिरेले भने ।