काठमाडौँ – अस्ट्रेलियाले टी–२० महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अस्ट्रेलियाले घरेलू भूमिमै भएको विश्वको उपाधी हात पारेको हो । यो अष्ट्रेलियाको पाँचौँ पटकको विश्वकप उपाधी हो ।


ADVERTISEMENT


आइतबार मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनायो । विशाल चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको भारतले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


भारतका लागि दीप्ती शर्माले ३३, वेदा कृष्णमुर्तीले १९ तथा रिचा घोसले १८ रन बनाउनुबाहेक अन्यले दोहारो अंक छुन सकेनन् । भारतलाई सस्तैमा समेट्नेक्रममा अष्ट्रेलियाका लागि मेगान सूट र जेस जोनासनले शानदार बलिङ गरे । जसक्रममा मेगानले ३.१ ओभरमा १८ रन खर्चिएर ४ विकेट हात पारिन् ।

यस्तै जोनासनले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिइन् । यस्तै निकाला केरी, सोफी मोलिनक्स र डेलिसा किमिन्सले एक एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मूनीले व्यक्तिगत ७८ र अलिसा हिलीले ७५ रन बनाएकी थिइन् ।