काठमाडौँ — अनलाइनमार्फत खानेकुराको कारोबार गर्दै आएको फुडमान्डुको वेवसाइट ह्याक भएको छ । वेवसाइट ह्याक भएसँगै ५० हजारभन्दा बढी ग्राहकको गोप्य सूचना पनि चोरिएको फूडमाण्डुृले जनाएको छ ।


ADVERTISEMENT


फूडमाण्डुका अनुसार ह्याकरले शनिबार राती ग्राहकहरुको नाम, इमेल ठेगाना र फोन नम्बर चोरेको छ। कम्पनीले उक्त घटनापछि साइभर सुरक्षाका सम्भावित उपायहरु तत्कालै अपनाएर ह्याकरबाट मुक्त गराएको बताउँदै उक्त घटनाप्रति सेवाग्राहीसँग माफी मागेको छ। ह्याकिङले फूडमाण्डुको सेवामा कुनै असर नपरेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनाबारे कम्पनीले प्रहरीको साइभर क्राइम ब्युरोलाई जानकारी गराएको जनाएको छ। उक्त घटनाबाट कम्पनीको सेवामा असर भने नपुगेको जनाइएको छ।