महिलाहरु आधा आकाश हुन् भनिन्छ । तर यथार्थमा सृष्टि चलाउने पूर्ण हिस्सा बोक्ने देवीहरु हुन् महिला । आमा, छोरी, श्रीमती, बुहारी जस्ता भूमिका निभाउने महिलाहरु प्रेरणादायी नारी शक्तिका स्वरुप समेत हुन् । माया, प्रेम, करुणाका खानी, घर व्यवहार सञ्चालनका कुशल व्यवस्थापक, शिक्षा संस्कार र शिपका मुहान, सामाजिक व्यवस्थाका आधारस्तम्भ, न्यायकी प्रतिमूर्ती तथा व्यवशायिक लगनशीलता र ईमान्दारिताकी उदाहरण हुन् महिला । जसरी प्रकृति आफैंमा सिकाई र चेतनाको सम्पूर्ण श्रोत हो त्यसरी नै महिलाहरु ब्रम्हाण्डका सुन्दर अस्तित्व हुन् ।


ADVERTISEMENT


माता पार्वतीको ईच्छामा भगवान शिवले रचना गरेको देश हो नेपाल भन्ने मान्यता छ । हिमाल, पहाड र तराईको भूगोल सहितको यो देश विश्वकै लागि तपोभूमि हो, जहाँबाट ऋषिमूनीहरुले तपस्या पश्चात ज्ञान आर्जन गरी विश्वलाई मार्गनिर्देशन गरेका छन् । यही भूमिमा जन्मेका जनकपुत्री सीतादेखि भृकुटी, योगमाया जस्ता नेपालका छोरीहरु विश्वकै लागि प्रेरणादायी छन् ।  ८ मार्च अर्थात अन्तराष्ट्रिय महिला दिवशको सन्दर्भमा वर्तमान समयमा समेत समाज र देशका लागि योगदान दिँदै उदाहरणीय परिचय स्थापित गरिरहेका १० महिलाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।


ADVERTISEMENT

# # #


विद्यादेवी भण्डारी

नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति । उनी दुई पटक राष्ट्रपति पदमा पुग्ने पहिलो भाग्यमानी महिला पनि हुन । तत्कालीन नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीकी श्रीमतीसमेत रहेकी भण्डारी यसअघि जनसंख्या तथा वातावरण र रक्षामन्त्रीसमेत भएकी थिइन् । भण्डारी सन् २०१६ का संसारका शक्तिशाली महिलाको सूचीमा ५२ औँ स्थानमा थिइन् ।

ओनसरी घर्तीमगर 

नेपालको पहिलो महिला सभामुख । उनी २०७२ असोज २९ देखि ०७४ माघ ५ गतेसम्म सभामुख भएकी थिइन् । २०४६ देखि राजनीतिमा लागेकी उनी माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुन् । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश ५ की अध्यक्ष पनि हुन् ।

सुशिला कार्की

सर्वोच्च अदालतको २०७३ असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीश बन्ने पहिलो महिला हुन उनी । कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताका लागि परिचित छन् ।

सुजाता कोईराला 

पूर्वउपप्रधानमन्त्री । प्रभावशाली महिला नेतृ कोईराला पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाकी छोरी हुन् । परराष्ट्रमन्त्रालयको जिम्मेवारी बहन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित नेतृ । संविधान निर्माण पश्चात बनेको संघीय संसदकी सांसद । महिला तथा युवाहरुका मुद्धाहरुलाई उठाउँदै नीति निर्माण तथा कार्यान्वयनको पक्षसम्म पनि लागिरहने महिला । सहमती, सहकार्य र एकताबाट बिकास र समृद्धिको लक्ष्यमा पुग्नुपर्छ भन्ने स्पष्ट विचारकी नेतृत्व । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य । जीपी फाउन्डेसनका माध्यमबाट देश बिदेशमा सामाजिक अभियन्ताका रुपमा सक्रिय जुझारु महिला नेतृ । प्रखर वक्ताका रुपमा प्रेरणादायी व्यक्तित्व ।

अनुराधा कोइराला

देश संघीयतामा गएपछि २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म प्रदेश३ को प्रमुख बन्ने पहिलो महिला प्रदेश प्रमुख । चेलिबेटी बेचबिखन बिरुद्ध योगदानरत माइती नेपालकी अभियन्ता । सामाजिक क्षेत्रमा पूर्याएको योगदान बापत सीएनएन हिरोका रुपमा समेत पुरस्कृत महिला हुन् कोइराला ।

भगवती चौधरी

पूर्व बनराज्यमन्त्री चौधरी बित्तीय संस्थाकी पहिलो महिला अध्यक्ष हुन् । सामाजिक आर्थिक उत्थान तथा गरिवी निवारणका क्षेत्रमा मेहनतरत प्रेरणादायी महिला । राजनीतिक जीवनमा समेत एक बौद्धिक, शिक्षित तथा क्षमतावान नेतृ । फरवार्ड कम्युनीटी माईक्रोफाईनान्स वित्तीय संस्था लि. र फरवार्ड बचत तथा ऋण सहकारी संस्था लि. की प्रथम महिला अध्यक्ष । फरवार्ड ईन्टरप्राईजेज प्रा. ली., ग्रामीण महिला उत्सुकता विकास मंच (फरवार्डं) की एक्जुकेटिभ डाइरेक्टर ।

२०४८ मा तत्कालिन नेकपा एमालेको साधारण पार्टी सदस्यबाट राजनीतिक यात्रा सुरु । २०५८ मा नेकपा सक्रिय संगठित सदस्य । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाको सदस्य तथा कोषाध्यक्ष । लघुवित्त छाता संगठन सदस्य । अन्तराष्ट्रिय लघुवित सम्मेलन सदस्य । ३० भन्दा बढी देशको भ्रमण । समाजशास्त्रमा एमए, व्यवस्थापनमा एमबीएस अध्ययन ।

लक्की शेर्पा

सिंगो हिमाली समुदायबाट पहिलो र आदिबासी जनजाती महिलाहरुको तर्फबाट समेत पहिलो महिला राजदूत हुन् शेर्पा । नेपालको पहिलो संबिधानसभाकी सदस्य समेत हुन् उनी । संविधान निर्माणको शिलशिलामा राज्य पुर्नसंरचना तथा राज्य शक्त्तिको बाडफाड समितिको सदस्य । पहिचानको पाच आधार र सामर्थ्यको चार आधारमा राज्य पुर्नसंरचनाको खाका प्रस्तुत गर्ने पहिलो महिला । संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय महिला सम्मेलनमा विश्व आदिबासी महिला संस्थाबाट प्रदान गर्ने मेड्रे पुरस्कार पाउने पहिलो नेपाली महिला  हुन् शेर्पा।

अनुपमा खुञ्जेली

मेघा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिईओ) । क बर्गको बाणिज्य बैंककी पहिलो महिला सीईओ । तीन दशक अघिबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको जुनियर तह हुँदै बैंकिड यात्रा सुरु गरेकी उनी बैंकको पहिलो कार्यकारी तहमा पुग्ने पहिलो महिला हुन् । सोच ठूलो हुनुपर्छ र मानिस चाहिँ सामान्य हुनुपर्छ भन्ने सोच राख्ने उनी लाखौं युवा तथा महिलाहरुका लागि प्रेरणादायी महिला हुन् ।

झमक घिमिरे

आत्मकथा जीवन काँडा की फूल मार्फत नेपाली साहित्यमा मदन पुरस्कार बिजेता हुन् झमक । फरक शारीरिक क्षमता भएकी उनी अद्भुत लेखन शक्तिकी प्रतिभा हुन् । औपचारिक शिक्षा नपाए पनि खुट्टाले लेखेरै नेपाली साहित्यकी चम्किलो तारा बनेकी छन् उनी । झमकको जीवनमा आधारित चलचित्र समेत निर्माण भएको छ । उनको जीवन र संघर्षलाई मानव जीवनकै उदाहरणीय प्रेरणाका रुपमा लिईन्छ । उनको विचार र लेखनको नेपाली समाजमा शक्तिशाली प्रभाव छ ।

गौरिका सिंह

१७ वर्षीय चर्चित नेपाली पौडीबाज । उनले ८ वर्षको कलिलो उमेरबाट पौडीलाई आफ्नो पेशागत जीवन बनाइन् । २०१६ को रियो ओलम्पिकमा सहभागि बिश्वकै सबैभन्दा कान्छी नेपाली खेलाडी ।

त्यहाँ उनले एक सिल्भर मेडल र तीनवटा ब्रोन्ज मेडल जितेकी थिइन् । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडितर्फ नेपालका लागि ४ स्वर्ण सहित ९ वटा पदक हाँसिल । २०५२ को एसएलसी परिक्षाकी बोर्ड फष्ट गरिमा राणाकी छोरी हुन् गौरिका ।