एजेन्सी – इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।


ADVERTISEMENT


आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

सिटीका गोलकिपर एडर्सनले खराब प्रदर्शन गरेको खेलमा सिटीका सर्जियो अग्युरोले एक गोल गरेका थिए । तर, उनको गोल भीएआरले अफसाइड देखाएको थियो ।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ ।

सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर डर्बीमा सिटीको हारसँगै उपाधि होडमा लिभरपुललाई सहज भएको छ ।

लिभरपुल सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहेको छ।