काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको आज छैटौँ दिन उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उनको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।


ADVERTISEMENT


सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गौला दान दिने उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाइएको छ ।