काठमाडौं– पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले पनि कोरोना नेपाल भित्रिन नदिनको लागि सबैभन्दा पहिलो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने रहेको उनले सुझाव दिएका छन् । उनले भने,‘यदि नेपालमा कोरोना भाईरस भित्रियो भने यसमा सबैभन्दा ठूलो दोष नेपाल सरकारको हुनेछ, त्यसमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको हुनेछ ।’


ADVERTISEMENT

# # #


सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले यस्तो सुझाव दिएका हुन् । सरकार आफ्नो नागरिकप्रति जिम्मेवार भए उसले सबैभन्दा पहिले कोरोनाको संक्रमण हुनबाट देश र जनतालाई जोगाउनुपर्ने पनि उनको तर्क छ । चीनबाट सुरु भएको कोरोनाको महामारी अहिले कति राष्ट्रमा पुग्यो ? भनेर चर्चा तथा परिचर्चा गर्नुभन्दापनि नेपालले आफ्नो पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘हामी कसरी यसको संक्रमणबाट जोगिने भन्नेतर्फ लाग्नुपर्छ । यसको लागि सबैभन्दा ठूलो दायित्व र जिम्मेवारी भनेको सरकारको हो ।’

उनले नेपाल सरकारले आफू विश्वकै शक्तिशाली र कोरोना नेपाल भित्रिन दिन्न भनेर नेपाली जनतासामू आश्वस्त पार्न सके विमानस्थल सुचारु गर्न सक्ने भएपनि आफूले भने त्यो सम्भावना नदेखेकोले अविलम्ब विमास्थल बन्द गराउन सुझाव दिएको स्पष्ट पारे ।

उनले भने,‘नेपालमा अहिले कोरोनाबारे सेकेण्ड सेकेण्डमा आईरहेका समाचारले जनता आतंकित छन् । कि त सरकारले ती समाचारहरु बन्द गराउन सक्नुपर्यो । होईन भने यसरी आफ्ना नागरिकलाई आतंक, डर, त्रास र भयमा राख्नुहुँदैन् । सरकारले बेलैमा यसप्रति सोचोस् । समय धेरै नै ढिला भैसकेको छ ।’