काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशियाको एनआइसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन्। साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।


ADVERTISEMENT

# # #


लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले बैंक नेपालमा रहेकाका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

बैंकले करिब २१ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने दुर्गम क्षेत्रमा पनि सेवा प्रदान गरिरहेको छ ।