काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला स्वास्थ्य लाभपछि डिस्चार्ज भएकी छन् ।


ADVERTISEMENT


उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले एक हप्ता अस्पताल राखेर बुधबार डिस्चार्ज गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्ण रिमालले जनाएका छन् ।


ADVERTISEMENT

# # #


समीक्षाले गत बुधबार प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी थिइन् । मिर्गौला दानपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी प्रधानमन्त्री ओलीकी भान्जी हुन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई भने अस्पतालमा केही दिन राखिने भएको छ ।