काठमाडौँ – प्रतिनिधिसभा सांसदले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक र स्कुलहरु रोक्न माग गरेका छन्।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले  विश्वका अन्य देशले कोरोनाको जोखिम न्यूनीकरणका विभिन्न तरिका अपनाए पनि नेपालले त्यसबारे चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे । उनले कारोना फैलिएमा नेपालले रोक्न नसक्ने भन्दै उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने बताए।


ADVERTISEMENT

# # #


उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’ सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए। ‘सरकारको एक्सन आउनुपर्‍यो। भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्‍यो,’ उनले भने।

सांसद भरत कुमा शाह र रेणुकुमारी यादवले कोरोना भाइरसको जोखिम रोक्न तत्काल भीडभाड हुने स्थलमा आवश्यक तयारी गर्न र शैक्षिक संस्था तत्कालका लागि बन्द गर्न माग गरे ।