काठमाडौँ – समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरस (भोभिड–१९) बारे सूचना लुकाएको दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले पोखरामा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने चिनियाँ केही कामदारमा कोरोना भाइरसको संक्रमण देखिएपनि सरकारले त्यसलाई लुकाएको सदाबी गरे । ‘म एउटा गम्भीर सूचना सदन चाहन्छु । पोखरामा निर्माणधीन अन्तर्राष्टिय विमानस्थलमा काम गर्ने केही कामदारलाई कोरोनाको संक्रमण भएको सूचना आएको छ ।’ उनले भने, ‘यसको वास्तविकता के हो ? यसको स्पष्ट जवाफ दिन म सरकारसँग माग गर्दछु ।


ADVERTISEMENT

# # #


साथै उनले ७–८ जना चिनियाँलाई क्वारेन्टाइनमा राखिएको सूचना आफूले प्राप्त गरेको सांसद गिरिले दाबी गरे । ‘त्यसकै डरले नेपाली कामदारहरु राजीनामा दिएर घरमा बसिरहेका छन् ।’ उनले भने, ‘तर, यसबारे सरकारले कुनै कुरा बाहिर ल्याएको छैन । सूचना लुकाइराखेको छ भन्ने कुरा छ ।’

कारोनाकै कारण विश्वभर भवावह अवस्था सुर्जना भए पनि नेपालले भने त्यसको बारेमा लापरबाही गरेको बताए । नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई पनि कोरोना संक्रमण नभएको प्रमाणका आधारमा सजिल्यै प्रवेश गर्न दिइएको भन्दै उनले आपत्ति जनाए । नेपालले कोरोनाविरुद्ध लड्ने हो भने सरकारले एउटा विशेष योजना ल्याउनु पर्ने उनले माग गरे ।