काठमाडौँ – पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ ।


ADVERTISEMENT


गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो ।


ADVERTISEMENT

# # #


कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो । कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी रु १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कूल निक्षेप रु एक खर्ब ३० अर्ब, ऋण लगानी रु एक खर्ब १५ अर्ब पुगेको छ । यसैगरी शाखा सङ्ख्या १९९ र कर्मचारी सङ्ख्या एक हजार ५०० पुगेको छ ।