भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र भारतको अध्यागमन विभागले बिश्वव्यापी प्रकोप बनिरहेको कोरोना भाईरसबाट जोगिन भन्दै स्वास्थ्य सुरक्षा उपायहरु जारी गरेको छ ।


ADVERTISEMENT


पछिल्लो समय विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै भारतले विदेशी एवम् भारतीय नागरिकहरु भारत प्रवेश गर्दा र भारतबाट बाहिरिदा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा उपायहरु लागू गरेको हो ।


ADVERTISEMENT

# # #


भारतले सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाउने, भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिएमा वा परिपत्रमा उल्लिखित कोभिड–१९ प्रभावित ७ राष्ट्रहरुमध्ये कुनै एकको हालै भ्रमण गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिने बताईएको छ ।

यस्लाई नितान्त जनस्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित भन्दै यस्ले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर नगर्ने समेत जनाईएको छ । नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई कुनै प्रभाव नपार्ने गरी स्वास्थ्य सुरक्षा अपनाईने भारतले जनाएको छ ।

भारतीय तथा विदेशी नागरिकको यात्रा तथा आवतजावतमा न्यूनतम असुविधा कायम गरी उनीहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सुरक्षा अपनाईने समेत जनाईएको छ ।

समयक्रमसँगै प्रकोपको अवस्था हेरी उपायहरुको निरन्तर समीक्षा गरिनेछ बताईएको छ ।