काठमाडौँ– साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६–० ले पराजित गरेको छ । नेपाली राष्ट्रिय यू–५ फुटबल टोलीले माल्दिभ्सविरुद्ध हाफ टाइमसम्म ४–० को अग्रता लिएको थियो ।


ADVERTISEMENT


नेपालका लागि १०औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए। दोस्रो गोल १० मिनेटपछि दर्शन गुरुङको नाममा रहयो। कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल थपेका थिए। आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै खेलको दोस्रो हाफमा नेपालले २ गोल थपेर ६ गोलको अङ्क पुर्यायो । ४६औ मिनेटमा नेपालका लागि रोशन दोङले गोल गर्दै अग्रता ५–०मा पुर्‍याए। यस्तै खेलको ७०औ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै नेपालको अग्रता ६–०मा पुर्याए।

यो जितसँगै नेपाल सेमीफाइनलमा पुगेको छ। यसअघि समूह ‘बी’ को पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गरेपछि भारत समुहको शिर्ष स्थानमा रहेको छ ।