एजेन्सी – युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित निकालेको छ ।बिहिबार राति भएको खेलमा युनाईटेडले करिब ५ सय दर्शकको उपस्थितीमा अष्ट्रियाको लास्कमाथि ५–० को जित निकालेको हो ।


ADVERTISEMENT


ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ३० बर्षका नाईजेरियन फरवार्डले सुरुवाती तीन खेलमा चार गोल गरिसकेको छन् । युनाईटेड पछिल्ला सबै प्रतियोगिताका ११ खेलमा अपराजित छ ।


ADVERTISEMENT

# # #


म्यान्चेष्टर डर्बीको खेलमा उतारेको टिममा प्रशिक्षक ओले गुनर सोल्सायरले ५ खेलाडी परिवर्तन गरेका थिए । अष्ट्रिया क्लबबिरुद्वको खेलमा उनी आत्मविश्वासी देखिए ।

जुवान माटा, ड्यानियल जेम्स र ह्यारी मगुईरीले परिवर्र्तित टोलीमा स्थान बनाएका थिए ।

जेम्सले ५९ औ मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे । त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई शानदार जित दिलाए ।युरोपियन प्रतिस्पर्धामा युनाईटेडले अष्ट्रियाको क्लबबिरुद्वको खेल गुमाउनु परेको छैन । पहिलो लेगमा प्राप्त जितले युनाईटेड क्वार्टरफाईनल प्रवेशको नजिक पुगेको छ ।