एजेन्सी – लण्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको छ ।


ADVERTISEMENT


अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ । आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफलाई समेत छुट्टै बसालेर जाँच प्रक्रिया अघि बढाईएको छ ।


ADVERTISEMENT

# # #


विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय लिनेछ ।

कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित भएको थियो । ओलम्पियाकोसको मालिकमा कोरोनाको संक्रमण देखिएपछि सबै खेलाडी छुट्टै बसेर कोरोनाको परिक्षण प्रक्रियामा जुटेका थिए ।बेलायतमा फैलदो कोरोनाको संक्रमणले प्रिमियर लिग क्लबका खेलाडी र अफिसियललाई समेत प्रभावित पारेको छ ।