काठमाण्डाै – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे र उनकी श्रीमतीलाई १४ दिने आइसोलेशनमा राखिएको छ । प्रधानमन्त्री ट्रुडाेकी श्रीमती सोफीलाई कोरोना भाइरस (काेभिड–१९) भएको पुष्टि भएपछि दुवै जनालाई १४ दिने निगरानीमा राखिएको बीबीसीले जनाएको छ । तर ट्रुडाेमा अहिलेसम्म कुनै सङ्क्रमण नदेखिएकाले उनको कोरोना परीक्षण नहुने बताइएकाे छ ।


ADVERTISEMENT


यस्तै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको पनि कोरोना परीक्षण गरिएको छ । अमेरिका पुगेर फर्किएका एक जना सहयोगीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको पनि परीक्षण गरिएको हो । उनकाे रिपोर्ट भने आउन बाँकी नै छ ।


ADVERTISEMENT

# # #


यसैबीच अहिलेसम्म एक सय २७ देशका एक लाख ३४ हजार सात सय दुई जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये ७० हजार तीन सय ८१ जना उपचारपछि निको भएका र ५९ हजार तीन सय ४२ जना उपचाररत छन् ।

कोरोनाका कारण अहिलेसम्म चार हजार ९ सय ७९ जनाको ज्यान गइसकेको छ ।