काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको दशौँ दिनमा प्रधानमन्त्री ओली घर फर्किन लागेका हुन् ।


ADVERTISEMENT


उनलाई आज साँझ डिस्चार्ज गर्न लागिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जनाएका छन् । बिहीबार मात्रै प्रधानमन्त्री ओलीलाई पिसाबमा संक्रमणको आशंका गरिए पनि अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको अघिल्लो बुधबार (फागुन १९ गते) दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । समीक्षा यस अघि नै डिस्चार्ज भइसकेकी छन् । उनको अवस्था पनि राम्रो रहेको अस्पतालको भनाई छ ।

प्रधानमन्त्री ओलीले १३ वर्ष अघि पहिलो पटक भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।